नेपाली कांग्रेसद्वारा कोरोना अनुगमन समितिलाई पूर्णता

डिसी नेपाल
१९ असार २०७७ २०:५९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको कोरोना अनुगम समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसको पार्टी कार्यलयमा पार्टीका सहमहामन्त्री डा प्रकाशसरण महतको संयोजकत्वमा गठित समितिले शुक्रबार पूर्णता पाएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशसरण महतको संयोजकत्वमा गठन गर्ने निर्णय गरेको थियो। डा. महतको संयोजकत्वमा भएको समिति ३५ सदसीय रहेको छ।

कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा संयोजक महतले बैठकलाई जानकारी गराएको कांग्रेसले जनाएको छ।

शुक्रबार बसेको बैठकले स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *