भारत र चीन सीमामा तनाव कम गर्न सहमत

डिसी नेपाल
२२ असार २०७७ १८:०९

नया दिल्ली (एजेन्सी) । भारत र चीन सीमामा तनाव कम गर्न सहमत भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार राती चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालबीच भएको वार्तामा सहमति जुटेको हो।

चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइमले वार्तामा दुबै पक्ष शान्ति स्थापना गर्न सहमत भएको जनाएको छ। उता भारतीय सञ्चार माध्यमहरुले सहमतिपछि चिनियाँ सेना लाइन अफ एक्चुल कन्ट्रोलबाट एक किलोमिटरसम्म पछाडी हटेको उल्लेख गरेका छन्।

गएको जुन १५ मा गलवान उपत्याकामा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। करिब ४५ वर्षपछि भारत–चीन सीमामा भारतीय सेनाको मृत्यु भएपछि भारत र चीनबीच तनाव भएको थियो। सो घटनापछि दुबै पक्ष लगातार वार्तामा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *