आज मलेसियन रिँगिट र कुवेती दिनारसहित केही देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२६ असार २०७७ ६:३८

काठमाडौँ । आज असार २६ गते (१० जुलाई, शुक्रबार) यूरोपियन यूरो, यूके पाउण्ड, मलेसियन रिँगिट र कुवेती दिनारको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशका मुद्राको विनिमयदर भने घटेको छ ।

विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणको प्रभावका कारण विदेशी मुद्रा र सुन चाँदीको भाउमा भारी उतार चढाब आइरहेका बेला आज बिहीबार धेरै देशका मुद्राको भा बढेको हो।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७० पैसा तथा बिक्रिदर १२० रुपैयाँ ३० पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५५ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ २३ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३८८ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर ३९० रुपैयाँ ८४ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१७ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ६ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *