पार्टी एकताको चुँडिन लागेको डोरी जोडिने विश्वासका साथ बुटवल फर्किएँ : शंकर पोखरेल

डिसी नेपाल
२६ असार २०७७ २३:०४

काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानोन्मुख भएको पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन्। शुक्रबार साँझ समाजिक सञ्जाल फेसबुकमा लामो स्टास लेख्दै पार्टी एकताको चुँडिन लागेको डोरी जोडिने विश्वासका साथ कार्य क्षेत्र बुटवल फर्किएको बताएका छन्।

उनले लेखेका छन्, ‘पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा (वुटवल) फर्किएको छु।’

उनले पार्टी एकतालाई दुर्घटनामा पर्नबाट जोगाउँदै सम्वादको प्रक्रिय्यालाई अघि वढाउन भूमिका खेल्ने सबै नेताहरुलाई धन्यवाद पनि दिएका छन्। उनले निषेध र उपेक्षाले एकताको रक्षा हुन नसक्ने भन्दै पार्टी एकताको रक्षाका लागि एकताको मर्म र भावनाको अनुशरण गर्नुपर्ने बताएका छन्। शुक्रबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको छ।सो सात दिनको समयमा दुबै अध्यक्षबीच विवाद समाधान हुने पोखरेलले विश्वास व्यक्त गरेका छन्।

उनले नयाँ नक्सा जारीपछि देश गम्भीर मोडमा पुगेको भन्दै यस्तो समयमा प्रधानमन्त्रीलाई सबैले साथ दिनुपर्ने बताएका छन्। यस्तो परिस्थितिमा पार्टीमा विवाद हुनु राम्रो नभएको समेत उल्लेख गरेका छन्। नेता पोखरेलले सडकमा भइरहेको प्रदर्शनसमेत रोक्न भनेका छन्।

नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि विवाद भइरहेको छ। सडकमा ओलीका समर्थकहरुले प्रदर्शन गरिरहेका छन्। नेता पोखरेलले प्रधानमन्त्री ओली निकट मानिन्छन्। पार्टीमा विवाद भएपछि दुई अध्यक्षबीच वार्ताको वातावरण बनाउन उनी काठमाडौंमा निकै सक्रिय भएका थिए।

पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ…

Posted by Shankar Pokhrel on Friday, 10 July 2020

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *