२४ घण्टामा थपिए ७० नयाँ संक्रमित , ४३१ जना डिस्चार्ज
काठमाडौं । नेपालमा शनिबार जम्मा ७० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा ३ हजार ६४८ नमुना परीक्षण गर्दा ७० जनामा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १६७१९ पुगेको छ। जसमध्ये ८४४२ जना निको भएर घर फर्किएका छन्। निको हुने दर ५०.५ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताए। पछिल्लो २४ घण्टामा मात्रै ४३१ जना निको भएर घर फर्किएका छ।
नेपालमा अहिले ८२३९ जना आइसोलेसनमा रहेर उपाचार गराइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment