भारतीय सञ्चारमाध्यम बन्द प्रकरणः ४ वटा बाहेक अरु च्यानल खोल्ने निर्णय

डिसी नेपाल
२८ असार २०७७ २०:३४

काठमाडौं। नेपाल र नेपालका प्रधानमन्त्रीविरुद्ध अर्नगल समाचार प्रशारण गरेपछि बन्द गरिएका केही भारतीय समाचार च्यानलहरु फेरि शुरु गरिने भएको छ। केवल अपरेटरहरुले स्वतःस्फुर्तरुपमा शुक्रबार बेलुकादेखि भारतीय निजी क्षेत्रका समाचार च्यानलहरु नेपालमा बन्द गरिदिएका थिए।

केही च्यानल खोल्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुब्र शर्माले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘नेपालविरुद्ध अनर्गल समाचार प्रशारण गर्ने बाहेक अन्य च्यानलहरु खोल्ने निर्णय भएको छ। आज हाम्रो बैठक बसेर यस्तो निर्ण लिइएको हो।’

शर्माका अनुसार भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टीभी र एबीपी न्यूजमाथिको प्रतिबन्ध भने यथावत रहेनछ।

मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आइतबारदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका उपाध्यक्ष शर्माले जानकारी दिए ।

नेपाल र चीनको विषयलाई जोडेर पछिल्लो समय भारतीय न्यूज च्यानलहरुले तथ्यहिनी र आपत्तिजनक समाचार सामाग्रीहरु प्रशारण गरिहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *