नबिल बैंक ३६ वर्षमा प्रवेश, डिजिटल बैंकिङ सुरु
काठमाडौं। नबिल बैंकले स्थापनाको ३६ औं वर्ष प्रवेश गरेको अवसर पारेर ‘नबिल डिजी बैंक’ स्थापनाको घोषणा गरेको छ। बैंकले नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, ‘नबिल डिजी बैंक’ स्थापनाको घोषणा गरेको हो।
बैंकले नबिल डिजी बैंक ग्राहकवर्गले आफूले चाहेको समय, ठाउँ र सुविधा अनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने गरी बैंकको प्रविधिमा आधारित रुपान्तरणको आधार तय गरिएको जनाएको छ।
कार्यक्रमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल शाहले नबिल डिजी बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए। उनले अबका दिनमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवामार्फत अनुपम ग्राहक अनुभव सिर्जना गर्दै जाने लक्ष्य रहेको बताए।
शाहले भारतको आइसिआइसिआइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनीतिक साझेदारी आरम्भ गरिसकेको बताए।
शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजी बैंक नबिल बैंकको स्थायी संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment