ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन तीव्र, १५ दिनभित्र प्रतिवेदन पेस हुँदै
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको छ। मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको हो।
सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ। सरकारको यो कदमसँगै लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना थप बलियो बनेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment