घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ५ सयले घटेर तोलाको ३ लाख २२ हजार २ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको ३ लाख २२ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले घटेर तोलाको ४९०० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४९६५ मा कारोबार भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment