प्रतिनिधिसभाको आजको बैठक स्थगित, भोलि प्रधानमन्त्रीले जवाफ दिने

डिसी नेपाल
९ भदौ २०८३ ११:५९

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालय ले जनाएको हो ।

सचिवालयका अनुसार बैठक भोली बुधबार दिउँसो १ बजे बस्नेछ । भोलिको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

त्यस्तै कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *