भारतीय सेना प्रमुख धीरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारमा (तस्बिरहरू)
काठमाडौं । भारतीय सेना प्रमुख जनरल धीरज सेठ मंगलबार प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्न उनी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध, दुई देशका सुरक्षा निकायबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भारतीय सेना प्रमुख सेठको नेपाल भ्रमणका क्रममा नेपाली सुरक्षा अधिकारीहरूसँग समेत भेटवार्ता हुने बताइएको छ। नेपाल र भारतबीच लामो समयदेखि रक्षा तथा सुरक्षा क्षेत्रमा सहकार्य हुँदै आएको छ।
प्रधानमन्त्री शाहसँगको भेटलाई दुई देशबीचको सुरक्षा तथा सैन्य सहकार्यलाई थप सुदृढ बनाउने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment