भरतपुर अस्पताललाई भिटिएम सहयोग

डिसी नेपाल
३१ असार २०७७ १६:२७

चितवन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट (भिटिएम) सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा एक हजार चार सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना सङ्क्रमणको समयमा लायन्स क्लब सधैँ साथमा रहेको बताए । सुरुआती समयमा क्लबले रु ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सरकारलाई सहयोग गरेको उनले जानकारी दिए । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकताअनुसार किट हस्तान्तरण गरिएको भन्दै उनले भरतपुर अस्पतालमा रु दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिए। कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.