तानसेन–बुटवल सडकखण्डको पहिरो हटाउन केही दिन लाग्ने, वैकल्पिक उपाय अपनाउन अनुरोध

डिसी नेपाल
३ साउन २०७७ १८:३४

पाल्पा । तानसेन–बुटवल सडकखण्ड अन्तर्गत गौडेपुल नजिकै खसको पहिरो तत्काल हटाउन नसकिने भएको छ। शुक्रबार राति देखि झरेको पहिरो हटाउने कार्य हँदा पुनः माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले पुर्ण रुपमा पहिरो हटाउन केही दिन लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीले पुर्ण रुपमा पहिरो नहट्ुदासम्म बैकल्पिक उपाय अपनाउन अनुरोध गरको छ। केही दिन पहिले गएको पहिरो शुक्रबार देखि भने निरन्तरजस्तो गइरहेको छ । शनिबार बिहान झरेको पहिरोले एक ट्रकलाई पुरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *