सार्वजनिक यातायातमा भीड, जनस्वास्थ्यविद भन्छन्–सचेत रहौं

डिसी नेपाल
८ साउन २०७७ १२:४७

काठमाडौं। सरकारले १२० दिन लामो लकडाउन अन्त्य गरेसँगै सडकमा सार्वजानिक यातायात संख्या बाक्लो हुन थालेको छ।  यातायात व्यवासायीले बिहीबारदेखि पूर्ण रुपमा सार्वजनिक यातायात संचालन गरेपछि सकडमा भिडभाड बढेको छ। सरकारले लकडाउन अन्त्यको घोषणा गरेपनि कोरोना संक्रणमको जोखिम यथावत रहेकाले सचेत रहन जनस्वास्थ्यविद्हरुले सर्वसधारणलाई आग्रह गरेका छन्।

सरकारले कोरोना भाइरसबाट बच्न बिभिन्न मापदण्ड अपनाएर सार्वजाकि यातायात संचालन गर्न निर्देशन दिएको थियो। सवारी साधनमा स्यानिटाइजर, माक्स अनिर्वाय रुपमा लगाउन आग्रह गरेपनि त्यसलाई सर्वसाधारले पालना गरेको देखिएको छैन। कोरोना भाइरसलाई सामान्य नमान्न विज्ञहरुले सुझाव दिँदै गर्दा सार्वजानिक यातायातमा सामाजिक दुरी कायम भएको छैन। सिटमा एकजना मात्रै राखेर ५० प्रतिशत बढी भाडा लिन सरकारले लागू गरेको नियम पालना भएको छैन।

साझा यातायातमा उभिएर यात्रा गरिरहेकी एक महिलाले डिसी नेपालसँग भनिन्, ‘काममा चाँडै पुग्नपर्ने हुन्छ। कार्यालय पुर्ण रुपमा खोलिएका छन्। भनेजति यातायात संचालन नहुँदा भीडभाडमा पनि चड्नु पर्ने अवस्था छ।’

लामो लकडाउनका कारण थलिएको यातायात व्यावसाय अहिले जुर्मुराउन थालेको छ। तर कोरोनाको जोखिम टरेको छैन। ‘डर हामीलाई हुन्छ, जोखिम मोलेर काम गरिरहेका छौं। तर सुरुका दिनमा जस्तो सोच बनाएर यातायात संचालन गरिएको थियो त्यसलाई कायम गर्न सकिएको छैन,’ एक जना चालकले भने, ‘यात्रु बाटोमा देख्दा देख्दै छोडेर हिड्न सकिँदैन, कतिपय यात्रु त सिट भएर पनि मान्छे भएकै सिटमा गएर बस्छन्। त्यसो हुँदा कोरोनाको जोखिम बढ्छ।’

सार्वजनिक यातायात संचालन भएपछि यात्रुको चाप पढेपछि कोरोनाको जोखिम थप बढेको भन्दै जनस्वास्थ्यविदले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरुले सार्वजनिक यातायात प्रयोग गर्दा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। जनस्वथ्यविद डाक्टर रवीन्द्र समिरले अहिलेको समयमा सार्वजानिक यातायात सकेसम्म प्रयोग गर्न नहुने बताउँछन्।

‘सार्वजानिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलने डर हुन्छ,’ उनले डिसी नेपालसँग भने, ‘कोरोना महामारीको जोखिम हटिसकेको छैन, त्यसैले सकेसम्म सार्वजानिक यातायातको प्रयोग नगर्दा राम्रो हुन्छ।।’

उनले अगाडि थपे, ‘सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन। यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ।’

जनस्वथ्यविद डाक्टर समिरका अनुसार सार्वजानिक यातायातका लागि निम्न लिखित सुरक्षा अपनाउन जरुरी छ–
१. चालक, सहचालक तथा हेल्परको कोरोना परीक्षण गर्ने,

२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित बनाउने,

३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ,

४.घटीमा पनि १.५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने

५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर राख्ने

६. चालक तथा सहयोगीले अनिवार्य रूपमा सही तरिकाले मास्क, पञ्जा, चश्मा तथा फेस शील्डको प्रयोग गर्ने, पटकपटक ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, नथुक्ने, चिच्याएर कुरा नगर्ने

७. प्रवेश गर्न एउटा ढोका र बाहिर निस्किन अर्को ढोका प्रयोग गर्ने

८. सबै झ्याल अनिवार्य रूपमा खोल्ने, पहिलो महिना सिट क्षमताको ३० प्रतिशत मात्र प्यासेन्जर राख्ने

१०. स्टपमा मात्र चढ्ने तथा ओर्लिने व्यवस्था गर्ने

११. चढ्दा तथा ओर्लिंदा हतार नगर्ने, एक एक जनाको दूरी कायम हुने गरी चढ्ने तथा ओर्लिने, ढोकाको मुखमा तथा बस स्टपमा दूरीको ख्याल गर्ने

१२. प्यासेन्जरले सही तरिकाले मास्क लगाउने, चश्मा लगाउने तथा स्यानिटाइजर पटकपटक प्रयोग गर्ने, बसमा जथाभावी नछुने, छोएपछि हात सफा गरिहाल्ने तथा नाक मुख र आँखालाई नछुने, व्यक्तिगत दूरीको ख्याल गर्ने

१३. आधा घण्टासम्मको दूरीमा बस प्रयोग नगर्ने, हिँड्ने,  हलुका र शरीर छोपिने कपडा लगाउने

१४. सुरक्षित यात्राको लागि प्रत्येक बसमा अनुगमन गर्न र मिलाउनका लागि एकजना सुरक्षाकर्मीको व्यवस्था गर्ने

१५. दुई महिना माइक्रोबस नचलाउने, माइक्रोबसमा व्यक्तिगत दूरी असम्भव हुन्छ

१६. ज्वरो, रुघा तथा खोकी लागेका व्यक्तिलाई सार्वजनिक बसमा नचढ्ने

१७. प्यासेन्जर तथा चालक समूहले गन्तव्यमा पुगेपछि साबुन पानीले मिचीमिची हात धुने लगायतका सरसफाइ गर्ने

१८. बालबालिका, गर्भवती, सुत्केरी, दीर्घबिरामी तथा जेष्ठ नागरिकले सकभर यो दुई महिना सार्वजनिक यातायातको प्रयोग नगर्ने

१९. पैसाको क्यासलेस कारोबार गर्ने, त्यो सम्भव नभएमा खुद्रा मिलाएर दिने, फिर्ता नलिने ।

२०. बसमा थर्मल गन ( ज्वरो नाप्ने ) ले प्यासेन्जरको तापक्रम नाप्ने, बसभित्र स्यानिटाइजर राख्ने, मास्क नलगाएका व्यक्तिलाई बस चढ्न नदिने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *