रास्वपा उम्मेदवार मिलन लिम्बूद्वारा आचारसंहिता उल्लंघन, कारबाही थाल्दै निर्वाचन आयोग

डिसी नेपाल
१५ वैशाख २०८१ १७:०१
3.2k
Shares

काठमाडौं। इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उल्लंघन भएको हो।

उनले कोट बाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको र स्थानीय प्रशासनलाई आवश्यक कारबाहीको पूर्ण अधिकार दिइएको बताएका छन्।

लिम्बूले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *