इलाम- २ मा सुहाङलाई १२ सय बढी मतको अग्रता

डिसी नेपाल
१७ वैशाख २०८१ ५:२६

इलाम। इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका छन्।

हालसम्मको मतगणनामा ५ हजार २७ मत प्राप्त गरेका छन् भने काँग्रेसका उम्मेदवार डम्वर बहादुर खड्काले ३ हजार ७ सय ५९ मत प्राप्त गरेका छन्। १२ सय बढीको मतान्तरले नेम्वाङ खड्का भन्दा अघि छन्।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्वुले १ हजार ९ सय ९६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्वुले ७ सय ६० मत प्राप्त गरेका छन्।

इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम-२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ। अहिले चुलाचुली गाउँपालिका-१ को मतगणना सुरु भएको छ।

इलाम-२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *