२४ घण्टामा १३० जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज

डिसी नेपाल
११ साउन २०७७ १६:२६

काठमाडौं । नेपालमा आइतबार १३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।

योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १८ हजार ६१३ पुगेको छ। जसमध्ये १३ हजार १२८ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ७५ जना निको भएर घर फर्किएको डा गौतमले बताए। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ।

यस्तै क्वानरेन्टिनमा १७ हजार ९०३ जना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *