नेपालीलाई कुवेत जान रोक

डिसी नेपाल
१५ साउन २०७७ २३:१३
4
Shares

काठमाडौं। कोरोनामा महामारीका कारण कुवेत जानबाट रोकिएका नेपालीहरुले तत्काल कुवेत जान नपाउने भएका छन्। कुवेतले आगामी अगस्ट १ बाट अन्तर्राष्ट्रिय उडान शुरु गर्दैछ। उसले नेपालगायत भारत, श्रीलंका, बंगलादेश, ईरान र फिलीपींस बाहेकका मुलुकका मानिसहरुले कुवेत जान पाउने बताएको छ। यस्तो प्रतिबन्ध कहिलेसम्म हुन्छ भन्ने विषयमा केही खुलाइएको छैन।

तर, कुवेतले नेपालीहरुमाथि प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुमा नकरात्मक असर पर्ने देखिएको छ। कोरोना महामारी शुरु हुनुभन्दा अगाडि कुवेत नेपालीका लागि आकर्षक रोजगार गन्तव्य थियो। तर कोरोना महामारी शुरु भएसँगै वैदेशिक रोजगारीमाथि संकट आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *