विचार अनुरुपको नेतृत्व निर्माणमा अघि बढ्न प्रचण्डको आग्रह
फाईल तस्बिर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल अध्यक्ष प्रचण्डले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन्।
बकर इद्को अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताए।
अध्यक्षले दाालले शसभकामना सन्देशमा भनेका छन्, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो।’ नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको उनको भनाइ थियो।
अध्यक्ष दाहालले समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment