नेकपामा बदलिँदाे समिकरण

डिसी नेपाल
२१ साउन २०७७ ८:३८

काठमाडौं। पार्टीका सबै निकाय र संसदीय दलमा समेत अल्पमतमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय सचिवालय र संसदीय दलमा बहुमत पुर्याउने अवस्थामा पुगेपछि नेकपाभित्रको समिकरण परिवर्तन भएको छ।

नौं सदस्यीय सचिवलाय बैठकमा प्रधानमन्त्री ओलीको स्पष्ट बहुमत रहेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर अप्ठेरोमा परेका छन्।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई पछिल्लो समय उपाध्यक्ष बामदेव गौतमसाथ दिएपछि सविचलायमा ओलीको स्पष्ट बहुमत पुगेको छ भने संसदीय दलमा पनि ओली पक्षको बहमुत छ।

संसदीय दलमा राष्ट्रियसभाका सांसदसमेत गणना हुने भएकाले ओलीको बहुमत पुग्ने अवस्था आएको हो। सविचलाय र संसदीय दलमा बहुमत पुर्याएपछि ओलीले असन्तुष्ट पक्षलाई पेलेरै जाने नीति लिएका छन्। केही दिनदेखि अर्का अध्यक्ष दाहालसँग निरन्तर संवादमा रहेका ओली आफ्ना अडानबाट टसमस भएका छैनन्।

स्थायी कमिटीले समाधान निकाल्न नसकेको भन्दै दाहालले केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडान राखेका छन् भने प्रधानमन्त्री ओलीले माघमा बसेको केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार चैतमा महाधिवेशन गर्नुपर्ने अडानमा छन्। यसअघि पार्टीका सबै निकायमा बहुमतमा रहेको दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाएको थियो।

तर दाहालको उनी निकट नेताहरुले साथ छोड्न थालेपछि अहिले दाहाल–नेपाल समूह रक्षात्मक अवस्थामा पुगेको छ। योबीचमा दाहालले आफ्नो समूहको बहुमत पुर्याउन सक्दो प्रयास गरिरहेका छन्। मंगलबार मात्रै दाहालले उपाध्यक्ष गौमतलाई भेटेर आफ्नो समूहलाई साथ दिन आग्रह गरेका थिए।

गौतम निकट स्रोतका अनुसार दाहालले गौतमलाई ओलीबाट धोका हुन सक्ने भन्दै आफूहरुलाई साथ दिन आग्रह गरेका थिए। जवाफमा गौतमले आफूले सबैको जित हुने गरी ६ बुँदे प्रस्ताव ल्याएको र त्यो प्रस्तावबाट आफू तलमाथि नहुने जवाफ दिएका थिए।

उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव सार्वजनिक गरेर ओलीलाई साथ दिएका थिए। गौतमले ओलीलाई साथ दिएपछि नौ सदस्यीय सचिवलाय बैठकमा ओलीको पक्षमा स्पष्ट बहुमत पुगेको छ। सचिवालयमा यसअघि नै गृहमन्त्रीसमेत रहेका सविचलाय सदस्य रामबहादुर थापाले ओलीलाई साथ दिइसकेका छन्।

ओलीको पक्षमा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, सविचालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा उभिएका छन्। अध्यक्ष दाहालको पक्षमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्।

वामदेव गौतमको आडमा प्रचण्ड नेपालले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद कुनै पनि हालतमा छोडन दबाब दिएका थिए। तर गौतमको युर्टन भएसँगै प्रचण्ड नेपाल पक्ष हच्चिकिएका छन्।

ओली र दाहालबीच ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएर पार्टी सञ्चालन गर्ने यसअघि नै सम्झौता भएपनि वरिष्ठ नेता नेपालको असन्तुष्टिको कारण विवाद समाधान हुन सकेकाे छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *