आगमी तीन दिन मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान

डिसी नेपाल
२३ साउन २०७७ १९:३६
8
Shares

काठमाडौं। शनिबार रातीबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक सर्ने सम्भावना देखिएकोले शनिबार रातीबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय हुने मौसम तथा जलविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यून चापीय रेखाका कारण भै देशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम बर्षा र थोरै स्थानहरुमा भारी वर्षा महाशाखाले पूर्वानुमान गरेको छ।

शुक्रबार राती देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। यस्तै शनिबार राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबारदिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *