सर्वसाधारण ठग्ने नयाँ उपाय : दर्ता नभएको संस्थालाई १०५४ कर्मचारी आवश्यक

डिसी नेपाल
२७ साउन २०७७ १२:४९

काठमाडौं। एउटा संस्थाले पीएचडीदेखि सीटीईभीटीसम्म गरी १ हजार ५४ जना कर्मचारी आवश्यक भनेर सूचना निकाल्यो। नेपाल सरकारले पनि १ हजार ५४ जना कर्मचारीको आवश्यकता परिपूर्ति गर्न धेरै प्रकृया पूरा गर्नु पर्दछ। अतः नेपालमा पीएचडी गरेकाहरुलाई जागिरका लागि त्यति सजिलो मानिँदैन्।

अर्गानिक नेपाल नामक संस्थाले कृर्षि विज्ञानमा पिएचडी गरेका ७७ जना, कानूनमा स्नातकोत्तर गरेका ७७ जना सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका १०० जनाका दरले कर्मचारी आवश्य भनि राष्ट्रिय स्तरको ब्रोडसिड पत्रिकामा सूचना छापेको छ।

वडा–सहसंयोजक ३ सय बाहेकका बाँकी सम्पूर्ण कर्मचारी स्नातक, स्नातकोत्तर र पिएचडी गरेका नै मागेको छ। हामीले सूचनामा दिएको नम्बरमा फोन गर्यौं र सोधपुछ गर्दा कोरोनाका कारण अफिसमा भेट हुन नसक्ने जानकारी एक अधिकारीले दिए।

उनका अनुसार वडा–सहसंयोजकका लागि आवश्यक वायोडाटा भदौ २० गतेसम्म इमेलमार्फत पठाउनु पर्ने र कात्तिकको महिनामा अन्र्तवर्ताका लागि बोलाउँदा फारम दस्तुर बापतको १००० रुपैयाँ बैंक खातामा पठाउनु पर्ने सुझाव दिए।

पैसा पठाउनका लागि ज्ञानमार्ग प्रशिक्षण प्रा.लि.को नाममा रहेको खाता नम्बरमा पठाउन विज्ञापनमा लेखिएको छ। हामीले ज्ञानमार्गको बारेमा खोजिनीति गर्दा काठमडौंको गैह्रीधारामा अफिस भएको पाइयो।

अफिसको ल्याण्डलाईनमा सम्पर्क गर्न खोज्दा कार्यालय सरेको र टेलिफोन अर्को कुनै कम्पनीले प्रयोगमा ल्याएको जानकारी पाइयो। हामीले टेलिफोन नम्बर चेक गरायौं। उक्त ल्याण्डलाइन टेलिफोन नम्बर ‘बस नेपाल प्रा.लि. गैह्रीधारा’का नाममा दर्ता भएको पाइयो।

हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा फोन गरेर संस्था दर्ताका बारेमा बुझ्यों। तर, काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट उक्त संस्था दर्ता नभएको पाइएपछि काठमाडौं प्रहरीकोमा पुग्यौं। काठमाडौं पहरीका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठोरले त्यसबारे महानगरीय प्रहरीबाट अध्यान भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.