रूकुम घटनाकाे मृतकका परिवारलाई सरकारले १०–१० लाख दिने

डिसी नेपाल
२७ साउन २०७७ १७:२४

काठमाडौं। गएको जेठ १० गते रुकुम पश्चिममा भएको एक हत्या काण्डमा मारिएकाहरुको परिवारलाई सरकारले जनही १० लाखका दरले राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राहत दिने निर्णय गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

एक गैर दलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि कुटपिट हुँदा ६ जनाको हत्या भएको थियो। सो काण्डमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो।

जाजरकोटका नवराज विक आफ्ना साथीहरुसहित रुकुमकी मल्ल थरकी युवतिलाई बेहका लागि लिन गएका थिए। सो समूहमाथि रुकुममा कुटपिट भएको थियो। संसदीय छानबिन समितिलेसमेत सो काण्ड जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेको थियो। यो काण्डका २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *