नक्कली सुन काण्डमा संलग्न इल्ताफ हुसेन पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। नक्कली सुनकाण्डमा मुछिएका इल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ। हुसेनलाई बिहीबार विहान पर्साबाट प्रहरीले पक्राउ गरेको हो।
साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि हुसेनलााई प्रहरीले खोजिरहेको थियो।
सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो ।
सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment