No ads found for this position
No ads found for this position

टिचिङ अस्पतालकाे दिवा ओपीडी सेवा र इलेक्टिभ ओटी बन्द

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३२ साउन २०७७ १०:०९
No ads found for this position

काठमाडौं। त्रि वि शिक्षण अस्पताल महाराजगञ्जले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को संक्रमण अस्पताल भित्रै दिन प्रतिदिन बढ्दै गएको भन्दै शिक्षण अस्पताल महाराजगञ्जले कोरोना न्युनिकरणको लागि थप सतर्कता अपनाउने अपनाउने निर्णय गरेको छ।

शुक्रवारमात्रै अस्पतालमा कार्यरत ८ जना कर्मचारिमा कोरोना भाइरस देखिएपछि अस्पतालले ओपिडी सेवा बन्द गरेको थियो। अस्पतालमा उपचारत बिरामी र कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालले कोरोना संक्रमण न्युनिकरणको सतर्कता अपाउने निर्णय गरेको हो।

अस्पतालले अस्पतालको ई.एस.एस सेवा, दिवा ओपीडी सेवा र इलेक्टिभ ओटी मिति साउन २९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने, बन्द भएका सेवामा कार्यरत जनशक्तिलाई आवस्यकता अनुसारको रोष्टरमा बनाइ अन्यत्र काम लगाउने जनाएको छ।

यसैगरी भदौ १गतेदेखि वायोमेट्रिक (थम प्रिन्ट्र) हाजिर बन्द गर्ने र सम्बन्धित विभाग, शाखा र वार्डले हाजिर कपीमा हाजिर गर्ने व्यवस्था मिलाउनुका साथै प्रमाणित हाजिर अघिल्लो महिनाको २१ देखि पछिल्लो महिनाको २० गतेसम्मको हाजिर सोही महिनाको २५ गते भित्र कर्मचारी प्रशासन शाखामा अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने अस्पतालले जनाएको छ।

बिरामी तथा अस्पतालकर्मीमा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गहिरहेको र बिरामीहरुको संख्यामा कमी हुँदै गइरहेकोले आलोपालो गरि ड्युटी गर्ने, अस्पतालको आवस्यकतालाई मध्यनजर गर्दै महिनामा ए,बि,सि,डि ग्रुप बनाइ ड्युटी गर्ने व्यवस्था मिलाउने अस्पतालले जनाएको छ।

यसैगरी अस्पतालमा कार्यरत अस्पतालकर्मी अस्पतालको सम्पर्कमा रहनुपर्ने, अस्पतालले कुनै पनि समयमा सम्पर्क गर्दा मोबाइल अफ गरी बस्न नपाइने र आवस्यक परेको समयमा अनिवार्य उपस्थित हुनुपर्ने, तोकिएको समयमा ड्युटी नआएमा संचित विदा उपभोग गर्नु पर्ने अस्पतालले जनाएको छ।

कोरोना भाइरस (कोभिड १९) सँग सम्बन्धित सूचना, भिडियो,अडियो, फोटो खिच्न र सामाजिक संजालमा राख्न इन्सिडेन्ट कमान्डरको अनुमति लिनुपर्ने, अनुमति बिना उक्तकाम गरेको पाइएमा नियम अनुसार कारबाही गरिने अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *