दैलेखका विभन्न ठाउँमा प्राकृतिक विपत्ति, २ काे मृत्यु लाखाैंकाे क्षति

डिसी नेपाल
३ भदौ २०७७ १५:४२

दैलेख। जिल्लाको पश्चिम ठाटीकाँध गाउँपालिका –४ गैरैगाउँमा पहिराले सात घर बगाएको छ। पहिराले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायत हुन्।

मृतकका बुबा ४२ वर्षीय टीका, आमा ४० वर्षीया धनसरा, दिदी १७ वर्षीया बेल र दाजु १५ वर्षीय शम्शेर घाइते भएको वडा नं ४ का वडाध्यक्ष रमेश सिंजापतिले बताउ। उनले भने, “हामीले पहिरो गएको खबर २ बजे पाउनेबित्तिकै उद्धार ग¥यौंँ । एक जनाको अवस्था सिकिस्त छ । अन्यको अवस्था सामान्य रहेको छ ।”

बेपत्ता हुनेमा दानबहादुर कठायतका छोरा ११ वर्षीय लोकेश छन्। पहिरामा परी सोही ठाउँका ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षीय गम्म नेपाली घाइते भएका छन्।

त्यसै गरी दैलेखको पूर्वमा पर्ने भगवतीमाई गाउँपालिका –५ कट्टीमा पहिराले घर पुर्दा ६६ वर्षीय बलबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, मङ्गलबार रामघाट खोलामा आएको बाढी आठबीस नगरपालिका –१ रामघाट बजार पस्दा लाखौंँ क्षति भएको स्थानीयवासी नैनबहादुर शाहीले बताए । कर्णाली नदीमा पानीको बहाब बढेपछि रामघाट खोलाको पानी राकिएर बजार पस्दा लाखौंको सरसमान बगाएको र मान्छे भागेर सुरक्षित ठाउँमा गएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *