लिदी पहिरोः मृतकको संख्या २५ पुग्यो
काभ्रे। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ। बुधबार चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।
पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment