एसिड आक्रमणका अभियुक्त पुर्पक्षका लागि थुनामा
काठमाडौं काठमाडौंको बाफलमा एक युवतिमाथि एसिड आक्रमण गरेको आरोपमा दुईजना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ।
काठमाडौं जिल्ला अदालतले बिहीबार अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
गएको साउन ८ गते ओखलढंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण गरिएको थियो। ती युवतिको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको एकल इजलासले पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि आदेश दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment