जङ्गली साग खाँदा चार बिरामी

डिसी नेपाल
११ भदौ २०७७ १९:३८

बलेवा । जङ्गली साग खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँको एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । स्थानीय भाषामा झिरे नाम गरेको साग खाएका बिहुँको रिजालचोकका चूडामणि कँडेलको परिवार बिरामी परेको हो । उनीहरु अर्धचेतावस्थामा रहेको धौलागिरि अस्पताल बागलुङले जनाएको छ ।

बुधबार साँझ गाउँकै एक वृृद्धले दिएको साग खाएका उनीहरु रातिदेखि नै बिरामी परेपछि बिहीबार धौलागिरि अस्पताल बागलुङमा ल्याइएको थियो । चारै जना अर्धचेतावस्थामा रहेकाले थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । बिरामी पर्नेमा कँडेलका ७२ वर्षीया आमा, ३८ वर्षीया श्रीमती र १९ वर्षीय छोरा हुन् । ‘बिरामी भएर स्वास्थ्यचौकी पुगेको भन्ने जानकारी मात्रै मैले पाएँ, सबै परिवारको नाम भन्न सकिएन’, वडाध्यक्ष शिवप्रसाद कँडेलले भने, ‘चूडामणिजीको परिवारले छिमेकीले दिएको जङ्गली साग खाएको भन्ने मात्रै सुनेँ ।’

कँडेल परिवारलाई जङ्गली साग दिएका स्थानीय भारतीय पूर्वसैनिक वृद्धसमेत अर्धचेतावस्थामै रहेको उनले बताए । प्रहरीलाई जानकारी गराएर तिनको उपचार र घटनाका विषयमा जानकारी लिन लगाइएको थाहा भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *