एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

डिसी नेपाल
११ साउन २०८३ ७:४०
दाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ। उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिए।
असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गाैला रोगबाट पीडित थिए। दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरेका थिए। उनको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताए।
नेता बस्नेतको शव अहिले श्रद्धाजलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिए। उनको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने बताएको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *