मकाउमा यौन भिडियो एक अर्कालाई पठाएको आरोपमा पक्राउ परेका ११ नेपाली तारेखमा छुटे

डिसी नेपाल
१२ भदौ २०७७ १०:५३

काठमाडौं। मकाउमा पक्राउ परेका ११ जना नेपाली युवा छुटेका छन् । कम उमेरकी एक बालिकाको यौन भिडियो एक एपको प्रयोग गरी एक अर्कालाई शेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको अभियोगमा पक्राउ परेका उनीहरुलाई मकाउ प्रहरीले तारेखमा रिहा गरेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउका अध्यक्ष पूर्ण गुरुङले उनीहरुलाई बिहीबार प्रहरीले तारेखमा उपस्थित हुने गरी रिहा गरेको डिसी नेपाललाई जानकारी दिए । उनले भने– ‘उनीहरुलाई प्रहरीले तारेखमा छोडेको छ । तारेखमा कहिले–कहिले बोलाएको छ भन्ने बारेमा उनीहरुले हामीसँग कसैले पनि विस्तृतमा बताएका छैनन् ।’

उनीहरु विभिन्न फरक फरक कम्पनीमा कार्यरत सुरक्षा गार्ड हुन् । एक पुरुषले यौन सम्पर्क गरिरहेको २ मिनेट २९ सेकेण्ड लामो पोर्न भिडियो एक अर्कालाई सेयर गरेको र विदेशमा रहेका अन्यलाई पनि पठाएको उनीहरुमाथि आरोप लगाइएको थियो । ती युवाहरुले आफूहरुले भिडियो शेयर गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । तर, यसबाट उनीहरुले कुनै प्रकारको लाभ नलिएको बयान दिएका छन् ।

उनीहरुले एपको प्रयोग गरी बालिकाको अश्लील भिडियो शेयर भइरहेको पाइएपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले मकाउ प्रहरीलाई यसबारे कारवाही अघि बढाउन भनेको थियो ।

यसरी उमेर नपुगेका बालबालिकाको यौनजन्य भिडियो हेर्नु र शेयर गर्नु पनि त्यहाँको कानुनअनुसार अपराध मानिन्छ । अन्य कैयौं देशमा पनि ‘चाइल्ड पोर्नोग्राफी’लाई गम्भीर अपराधको श्रेणीमा राखिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *