काेराेनाले दूध नबिक्दा किसान मारमा
फाइल फाेटाे,
नुवाकाेट। ‘दूध बेचेर घर खर्च चलाउँला भनेर धेरै मूल्यमा भैंसी किनियाे, अहिले दूध बिक्दैन,कोरोनाले सबै क्षेत्र बन्द छ’ नुवाकोटका नारन रिमालले गुनासो गरे।
केही दिन अगाडि मात्रै १ लाख ३० हजार तिरेर घर खर्च चलाउने आशमा भैंसी किनेका उनी दूध नबिक्दा निराश छ्न। ‘डेरीमा लगेको दूध फिर्ता आयो म त अलमल छु,’ उनले भने।
कोरोना महामारीले पारेको प्रभावको कारण उपत्यकाको डेरीमासमेत दुधका परिकार निकै कम बिक्री हुने गरेको व्यापारी बताउँछन्।
कलंकीमा डेरी व्यवसाय गर्ने सुरज थापाले भने, ‘व्यापार हुँदै नभएको पनि होइन। तर निकै कम हुन्छ केही समय अगाडिबाट व्यवसायमा घाटा बेहोर्नु परेको छ।’
उपत्यकामा कटाउने दूध उपत्यकामा नै व्यापार कम भएपछि किसानलो दूध उठाउन नसकिएको अन्य जिल्लाका व्यापारीको भनाइ छ।
यता घर परिवार सबै जम्मा भएको अवसर पारेर दूध बेच्ने उद्देश्य बनाएका किसान भने यतिबेला ठूलो मारमा छ्न्।
तार्केश्वरका कृष्ण सिक्देलले भने, ‘मेरो घरमा दुईवटा भैंसी र एउटा गाई छ, सबैजना जम्मा भएको अवसरमा दूध व्यापार सुरु गर्ने भनेर लागियो।’
कोरोना महामारीले अन्य काम ठप्प पारेको छ। कार्यालय बन्द छन्। कतिपयको रोजिरोटी गुमिसकेको छ। बिहान बेलुकाको छाक टार्ने जो कसरी गर्ने भन्ने यो समयमा दुध बिक्री हुन छोडेपछि किसानमा चिन्ता बढेको छ।
त्रिपुरेश्वरस्थिति सुकुम्बासी टोलमा ३ वटा गाई पालेर दूध व्यापार गर्ने किशोर तिमल्सिनाले, ‘कपडा पसल थियो त्यो ठप्प भयो। यता गाईको दूध टोलमा नै बेचिरहेका थियौं कोरोना संक्रमणको डरले होला नल्याउनु भन्नुहुन्छ,डेरीमा पनि दूध फालेको समाचार आइरहेका छ।’







डिसी नेपाल







Facebook Comment