बिम्स्टेक स्थायी समितिको बैठकमा विदेश सचिवस्तरीय बैठकको तयारीबारे छलफल

डिसी नेपाल
१५ भदौ २०७७ १८:३१

काठमाडौं। नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य रहेको क्षेत्रीय संगठन बहुपक्षीय सहोगका लागि ऊर्जा तथा प्रविधिमा बंगालको खाडीको प्रयास (बिम्स्टेक)को स्थायी समितिको चौथो बैठक सोमबार बसेको छ। दुई दिने बैठकको पहिलो दिन सो बैठकमा आगामी सेप्टेम्बर २ र ३ मा हुने विदेश सचिवस्तरीय बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

स्थायी समितिको बैठकमा सहसचिवले नेतृत्व गर्छन्। यसअघि यो बैठक श्रीलंकामा हुने भनिए पनि कोरोना महामारीका कारण यो बैठक भर्चुअल गरिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विकल्पका रुपमा भारतले यो क्षेत्रीय संगठनलाई उपयोग गर्ने नीति लिए पनि भारतको चाहना भने पुरा हुन सकेको छैन। भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो नभएकाले भारतले पाकिस्तान सदस्य नरहेको बिम्स्टेकलाई सार्कको विकल्पका रुपमा उपयोग गर्न खोजिरहेको छ। तर, सार्कको एक संस्थापक सदस्य तथा हालको अध्यक्ष नेपालले भने बिम्स्टेक सार्कको विकल्प हुन नसक्ने बताउँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *