मुखर्जीको निधनप्रति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

डिसी नेपाल
१५ भदौ २०७७ १९:२१

काठमाडौं। भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति भण्डारीले सोमबार साँझ ट्वीटरमा लेखेकी छन्, ‘भारतका पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जीको आज भएको दुस्खद् निधनबाट मर्माहत भएको छु। नेपाली जनता, नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ।’


उता सामाजिक सञ्जालबाटै प्रधानमन्त्री ओलीले पनि दुःख व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले नेपालीमा ट्वीट गर्दा प्रधानमन्त्री ओलीले भने अंग्रेजीमा ट्वीट गरेका छन्। उनले मुखर्जीको तस्वीरसहिअत पोस्ट गर्दै मुखर्जीको निधनमा भारत तथा भारतीय जनता र शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन्।
मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *