स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह
काठमाडौं । फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ। क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर सङ्कलन तथा सम्प्रेषण गर्न गएका फोटोपत्रकारहरु घाइते भएको जनाएको छ।
झडपमा एएफपीका प्रकाश माथेमा, एपीका निरञ्जन श्रेष्ठ, अन्नपूर्ण पोस्टका सुनिता डङ्गोल, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रतीक रायमाझी घाइते भएका थिए। “चौथो अङ्ग मानिएको सञ्चार क्षेत्रलाई स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न र संयमित भई सहज वातावरण बनाउन पनि सम्बन्धित सबैमा फोटोपत्रकार क्लब नेपाल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment