श्रम स्वीकृति लिन ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य

डिसी नेपाल
२१ भदौ २०७७ १०:३८
68
Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले श्रम स्वीकृति लिन सम्बन्धित रोजगारदाताबाट  अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’  लिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले भाद्र १७ गते जारी गरेको सूचनामा यस्तो उल्लेख छ ।

विभागका अनुसार अबदेखि श्रम स्वीकृति लिनका लागि सम्बन्धित रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ को प्रमाणपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा प्रमाणिकरण गराएर पेश गर्नुपर्ने भएको छ ।

त्यस्तै फागुन २९ गतेभन्दा अघि नै मागपत्र प्रमाणित (डिमाण्ड एटेस्टेसन) भई पूर्व स्वीकृति लिइसकेकाहरुले पनि अन्तिम स्वीकृति लिनका लागि रोजगारदाताले हालसालै जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य संलग्न गर्नुपर्ने विभागले जनाएको छ।

नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेहरुको हकमा पनि सम्बन्धित रोजगारदाता कम्पनीको आधिकारिक इमेलबाट वैदेशिक रोजगार ताहाचल कार्यालयको इमेल ठेगानामा ‘नो अब्जेक्सन सर्टिफिकेट’ पठाएको भएमा मात्र अन्तिम श्रम स्वीकृति दिइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *