कोरोनाका कारण यूएईमा थप ५ नेपालीको मृत्यु, विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २ सय पुग्यो

डिसी नेपाल
२१ भदौ २०७७ ११:२६

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ । उनीहरु सबै यूएईमा कार्यररत रहेका नेपाली हुन् । योसँगै शनिवार साँझ सम्म विदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या २ सय पुगेको एनआरएनएका स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए ।

उनका अनुसार विदेशका विभिन्न १६ देशमा कोरोननाको कारण नेपालीले ज्यान गुमाएका छन् । कोरोनाको संक्रमणबाट बेलायत,अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।

स्वास्थ्य समितिको तथ्याङक अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको सापकोटाको भनाइ छ।

उनका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म विदेशमा रहेका ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *