४१ लाख लिएर अमेरिका लैजाने भन्दै फिलिपिन्समा पुर्‍याएर बेपत्ता पार्ने २ जना पक्राउ

डिसी नेपाल
२५ भदौ २०७७ १२:५९

काठमाडौं । अमेरिका लैजाने भन्दै फिलिपिन्समा पुर्‍याएर बेपत्ता पार्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

अमेरिका लैजाने सपना देखाएर ४१ लाख ६० हजार रकम उठाएर अलपत्र पार्नेउपमहानगरपालिका ७ का रवि भन्ने रिकेश महर्जन र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका ९ की कमला लामालाई ब्यूरोले पक्राउ गरेको हो।

ब्यूरोका अनुसार लामा र मर्हजन लगाएको समूहले पिडितलाई २०७६ साल श्रावण महिनामा अमेरिका लैजाने भन्दै काठमाडौंबाट मलेसिया हुँदै फिलिपिन्सको मनिलासम्म पुर्‍याएर अलपत्र पारेका थिए।

उनीहरुले त्यहाँबाट अमेरिका पठाउन नसकेपछि मानसिक तथा शारिरीक यातना दिन थालेपछि पिडित त्यहाँबाट भागेर नेपाल आइपुगेका थिए।

उनी नेपाल आएर प्रहरीमा उजुरी दिएपछि गिरोहको खोजी थालिएको थियो। उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *