गैरकानुनी रूपमा नदीजन्य पदाथ उत्खनन् गनेर् १४ सवारी साधन प्रहरी नियन्त्रणमा
फाइल फाेटाे।
नुवाकोट। नुवाकोटकाे बेलकोटगढी नगरपालिका-२ चाउथे दोभानस्थित चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् कार्यमा संलग्न १ स्काईभेटर, ७ टिपर र ३ आईचर गरी ११ वटा सवारी साधनलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ।
स्काईभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा उत्खनन् कार्य भएकाे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कुमरीबाट खटिएको प्रहरीले उक्त सवारी साधनहरुलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ। त्यस्तै नुवाकोटका अन्य स्थानमा पनि प्रहरीले अनुसन्धान गरि कारबाही गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment