भरतपुर अस्पतालका प्रमुख मेसुमा डा पाण्डे
चितवन । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो।
यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहेका थिए। यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए।
प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए। डा पाण्डे एघारौँ तहका चिकित्सक हुन्। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment