काठमाडौं उपत्यकामा थपिए ५७६ संक्रमित, ३ जनाको मृत्यु

डिसी नेपाल
२५ भदौ २०७७ १६:४१

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा १८३ महिला र ३९३ पुरुष गरी थप ४६४ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ४९५ (१४७ महिला, ३४८ पुरुष), भक्तपुरमा ३८ (१६ महिला, २२ पुरुष), ललितपुरमा ४३ (२० महिला, २३ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षिया महिला र ५९ र ८३ वर्षिय दुई पुरुष रहेका छन्।

उपत्यकामा बुधबार ४६४ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार २४६ जनामा कोरोना संक्रमण देखिएको छ।

हेर्नुहोस आजको कोभिड–१९ राष्ट्रिय अध्यावधिक प्रतिवेदन


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *