थप १२ सय १ जनामा कोरोना पुष्टि, ८ सय ५२ डिस्चार्ज; १४ जनाको मृत्यु
काठमाडौं । शनिबार देशभर एक हजार २०१ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार २०१ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ।
हालसम्म ३७ हजार ५२४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ८ सय ५२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार २६० रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या ३३६ पुगेको छ। गत २४ घण्टामा १० हजार १७६ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ३५४ जना क्वारेन्टिनमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment