पहिरामा बेपत्ता वृद्धको शव फेला
साँकेतीक तस्वीर
गलकोट। अविरल वर्षाका कारण आएको पहिराले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ।
बागलुङकोे जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा पहिराले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको शव करिब पाँच घण्टाको प्रयासपछि आज बिहान फेला परेको हो। मृतक पौडेल परिवारका पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
स्थानीयवासी तथा प्रहरीको सक्रियतामा पुरिएको घरबाट उनको शव निकालिएको हो । पहिराले मृतक पौडेलसहित पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री र तारादेवी क्षेत्रीको घर पूर्णरुपमा क्षति भएको छ।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment