थप १४ सय ५९ जनामा कोरोना पुष्टि, १ हजार ६२ डिस्चार्ज; ११ जनाको मृत्यु

डिसी नेपाल
३० भदौ २०७७ १६:२३

काठमाडौं । मंगलबार देशभर एक हजार ४५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४५९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ६२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ। गत २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार २५० जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *