बिहीबारदेखि आन्तरिक उडान, होटल र लामो दुरीको यातायात खुल्ने
फाइल तस्वीर
काठमाडौं। गएको चैत ११ गते बन्द भएको आन्तरिक हवाई उडान, होटल र लामो दुरीको यातायात असोज १ गतेबाट खुल्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी बिहीबारदेखि यी सेवाहरु सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
उनले मंगलबार अयोजित पत्रकार सम्मेलनमा आवश्यक सुरक्षा मापदण्ड लागु गरेर आन्तरिक हवाई उडान शुरु गर्ने निर्णय गरिएको बताए। उनले पीसीआर परीक्षण गर्नुपर्ने, स्यानिटाइजर प्रयोग, सामाजिक दुरीलगायतका मापदण्ड अपनाउनुपर्ने बताए।
यस्तै सरकारले होटल पनि आगामी बिहीबारदेखि पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। अहिले होटलमा अवे सेवामात्र सञ्चालन रहेको थियो। अब पूर्णरुपमा होटल खुल्नेछन्। तर, सुरक्षा र स्वास्थ्यउ मापदण्ड भने पुरा गर्नुपर्ने छ।
यस्तै गएको चैतदेखि बन्द रहेको लामो दुरी तथा एकजिल्लाबाट अर्को जिल्लाका लागि सेवा दिने सार्वजनिक यातायात पनि आगामी बिहीबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ। यातयात व्यवसायीले सरकारले निर्णय नगरे आफैले यातयात सञ्चालन गर्ने चेतावनी दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment