एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री ढकालले गर्ने

डिसी नेपाल
३ असोज २०७७ १५:४३

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन शनिबार साँझ ६ बजे हुने भएको छ ।

भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्ने समितिका अध्यक्ष डाः संजिव सापकोटाले बताए। शुक्रबारदेखि सम्मेलनमा विश्व नेपाली घोषणा पत्रमाथि छलफल सुरु भएको छ । त्यस्तै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ु ले पारेका असर लगायत विषयमा चरणबद्ध रुपमा अन्तरक्रियात्मक कार्यक्रमहरु भइरहेका छन् ।

सम्मेलनको अवसरमा विश्वमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुबीच अनुभवको आदानप्रदान, सचेतनाका कार्यक्रम, नेपाली किशोरकिशोरीहरुको अनुभव लगायत विषयमा कार्यक्रमहरु राखिएको छ । त्यस्तै आप्रवासी नेपालीहरुको स्वास्थ्य अबस्था, कोरोनाले मानसिक स्वास्थ्यमा परेको असर, यसबाट बच्ने उपाए लगायत विषयमा छलफल राखिएको छ ।‘

गत वर्षको सेप्टेम्बर २०, २१ र २२ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । समितिका अध्यक्ष सापकोटाले प्रथम सम्मेलन आफैँमा एउटा अत्यन्त ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपनि उत्तिकै आबश्यक ठोर दोस्रो सम्मेलन सुरु गरिएको बताए।

कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट नै दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु गरिएको हो । उक्त सम्मेलनले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र समेत जारी गर्नेछ ।

३ दिनसम्म उक्त घोषणा पत्रमाथि छलफल गरिनेछ । सबैका राय सुझाव समेटेर र आइतबार उक्त घोषणा पत्र जारी गरिने डा. सापकोटाले बताए। घोषणा पत्रमा आबश्यक कुराहरु पुन थप गर्न सकिने पनि उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *