करेन्ट लागेर एकको मृत्यु

डिसी नेपाल
४ असोज २०७७ ८:१३

भरतपुर । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका–८ घर भई भरतपुर महानगरपालिका–३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन्।

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *