प्रहरीको लत्ता कपडामा कमिशनको चक्कर : जवानको कपडा तीन महिनामै च्यातिन्छ

डिसी नेपाल
४ असोज २०७७ ११:५५

काठमाडौं। नेपाल प्रहरीमा खरिद गरिएका लत्ता कपडा गुणस्तरहीन भएपछि लगाएको तीनदेखि चार महिनामै फाट्न थालेका छन्। नेपाल प्रबन्ध शाखाले खरिद गरेको लत्ता कपडा करिब ७० हजार प्रहरीलाई वितरण गरिएको कपडा समयभन्दा पहिला नै च्यातिने र फाट्ने गरेको हो।

प्रहरी भित्रको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ता कपडा खरिद हुँदै आएको र त्यही कपडा सबै प्रहरीलाई वितरण हुँदा उनीहरु मारमा परेका छन्। नेपाल प्रहरी स्रोतका अनुसार ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर खरिद गरिएका सामानको गुणस्तरमा पर्न गएको हो। विगतदेखि नै प्रहरीको प्रबन्ध शाखाले खरिद गर्ने लत्ताकपडामा गुणस्तहीन हुँदै आएको गुनासो आएपनि त्यसलाई सुधार गर्न सकेको छैन।

नयाँ प्रहरी महानीरिक्षक शैलेश थापाले आर्थिक प्रशासन महाशाखमा पुरुषोत्तम कँडेललाई जिम्मा दिएका छन्। उनी भर्खर आएकाले यसवर्षको लत्ता कपडाको टेण्डर गर्ने प्रकृयामा रहेका छन्।

अबको १० देखि १५ दिनभित्र टेण्डर लागिसक्ने गरी प्रि बिड गराइरहेका छन्। प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार आगामी बर्षका लागि प्रहरीले प्रि बिड पनि शुरु गरिसकेको छ। भदौ १२ गते नेपाल प्रहरीले लत्ता कपडा खरिदका लागि टेण्डर नोटिस निकालेको छ। ‘भदौ १२ कै टेण्डरमा सामावेश भएका कम्पनीहरुलाई सर्ट लिष्टिङ’ गरी प्रि बिडका लागि बोलाइएको हो’, स्रोतले भन्यो।

यसअघिका ठेक्कामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ। गत चैतमा बुझाइएको लत्ताकपडा पनि गुणस्तहीन भएको स्रोतको दावी छ। जुन यो वर्षका लागि वितरण हुँदैछन्। पनि कमिसनकै कारण गुणस्तरहीन लत्ता कपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ। ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन्।

‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन्। जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो। गत वर्ष ७३ करोड रुपैयाँको ठेक्कामा मोबिाइलाइजेसन खर्चबापत निकासा भएको १० प्रतिशत रकम कमिशनमा खर्च भएको थियो।

गत वर्ष प्रधान कार्यालयले जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो। ३८ करोड ७३ लाख ६० हजार रुपैयाँको सो ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइएको थियो।

‘कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ,’ स्रोतले भन्यो। गत वर्ष प्रधान कार्यालयले जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो। ३८ करोड ७३ लाख ६० हजार रुपैयाँको सो ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइएको थियो।

सलिनाकै सेटिङमा तेजसम इन्टरप्राइजेजलाई उलन स्वेटर, क्राउन टेक्सटाइललाई कटन पाइन्ट र उलन सर्टको ठेक्का दिइयो। गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लिखित सामान नै दाखिला नगरी भुक्तानी लिएको तथा गुणस्तहीन सामान आपूर्ति गरेको विषयमा अख्तियारले जयसलिनामाथि छानबिन गरिरहेको छ। नेपाल प्रहरीले भने जय सलिनालाई कमिसन संकलकको रुपमा बिचौलिया नियुक्त गरेको स्रोतको दाबी छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले तोकेको मापदण्डको डिएसएम बुट नेपालमा उत्पादन गर्न कठिन छ। तर जय सलिनाले भक्तपुरमा रहेको एभरेस्ट नेपाल फुटवेयर इन्डस्ट्रिज प्रालिमा बनाइएको बुट बुझाइएको थियो। ‘जवानले पाउने कपडा मिटरको तीन सय रुपैयाँ पनि पर्दैन। हाकिमलाई ल्याइएको कपडा मिटरको १८ सय रुपैयाँसम्मको हुन्छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

अहिले वितरण भएको कपडा पनि गत वर्षकै ठेक्का भएकाले यो वर्षपनि प्रहरीले गुणस्तरीय कपडा पाउने संभावना छैन। अबको ठेक्कमा भने प्रबन्ध शाखाले दुई पटक ठेकेदारहरुसँग छलफल गरिसकेको छ। ‘उनीहरुलाई राम्रो कपडा सप्लाई गर्न भनिएको छ गुणस्तर चेक जाँच गर्दा फेल भए कपडा फिर्ता गरिदिन्छु भनेका छन्’, स्रोतले भन्यो।

हरेक वर्ष लत्ताकपडा गुणस्तरहीन भए भन्ने गुनासो छ अहिले आइजीपी साब आफैले त्यसको गुणस्तर चेकजाँचको विधि निर्धारण गर्ने बारेमा जानकारी लिएर पीसिसी बैठकमा कुरा राखिएकाले त्यहीबाट गुणस्तरको जाँच कसरी गर्ने भन्ने बारेमा एउटा विधि निर्माण भएको छ त्यसअनुसारको मापदण्ड तोकेर टेण्डर आह्वान गरिएकाले अबचाहि गुनासो आउँदैन भन्ने विश्वास छ

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले भने यस वर्ष नेपाल प्रहरीको ठेक्का विधिमा सञ्चालन हुने बताए। लत्ता कपडा गुणस्तरहीन भएको भन्ने बारेमा प्रहरी प्रधानकार्यालयको पीसिसी बैठकमै कुरा उठेको बताउँदै त्यहीबाट मापदण्ड समेत निर्धारण भैसकेकाले अब गुनासो नआउने उनको दावी छ।

‘हरेक वर्ष लत्ताकपडा गुणस्तरहीन भए भन्ने गुनासो छ अहिले आइजीपी साब आफैले त्यसको गुणस्तर चेकजाँचको विधि निर्धारण गर्ने बारेमा जानकारी लिएर पीसिसी बैठकमा कुरा राखिएकाले त्यहीबाट गुणस्तरको जाँच कसरी गर्ने भन्ने बारेमा एउटा विधि निर्माण भएको छ त्यसअनुसारको मापदण्ड तोकेर टेण्डर आह्वान गरिएकाले अबचाहि गुनासो आउँदैन भन्ने विश्वास छ’, प्रवक्ता कडायतले भने।

गत साउनमा बसेको पोलेसी कोर्डिनेशन कमिटी (पीसीसी)को बैठकले लत्ता कपडा खरिद गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने र टेण्डरको शुरुमा गुणस्तर मापनका लागि कपडा पठाइएको कम्पनीलाई कपडा भण्डारमा आईसकेपछि त्यसकम्पनीमा नपठाई अर्को कम्पनीलाई मापन गर्न दिने निर्णय गरे अनुसार प्रबन्ध शाखाले ठेकेदारहरुलाई बोलाएर त्यसको जानकारी समेत दिइसकेको छ।

प्रहरीको लत्ता कपडा खरिदमा ठेकेदार ज्ञानेन्द्र बस्नेत, रितेश अग्रवाल, श्रवण अग्रवाल, टोपेन्द्र बिसी, राजमान मिश्र, पिताम्बर मुन्काको सिण्डीकेट चल्दै आएको छ। अहिले पनि उनीहरुकै कम्पनीहरु ठेक्का हालेका छन्। त्यसमध्ये प्रबन्ध शाखाले बाँडेर दिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *