पीसीआर प्रयोगशाला सञ्चालनलाई २० लाख

डिसी नेपाल
६ असोज २०७७ १९:२८

अमरगढी । अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालनमा सहयोग पुर्याउने उद्येश्यले मङ्गलबार २० लाखको चेक हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भई पीसीआर परीक्षण भईरहेको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि नगरपालिकाले अस्पताललाई उक्त सहयोग गरेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए । सो प्रयोगशाला सञ्चालनमा आएपछि उक्त क्षेत्रका विभिन्न जिल्लाको पीसीआर परीक्षण हुदै आएको र अस्पतालका सुविधामा पनि सुधार हुदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *