मङ्गलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त

डिसी नेपाल
१२ साउन २०८३ १९:०६

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलवहादुर शाही नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मंगलबार बेलुका मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ गरी कुल २३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शाहीले मंगलबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

पूर्वमुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। शाही यसअघि भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीसमेत भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *